सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच सम्झौता

काठमाडौं । घरायसी तथा इलेक्ट्रोनिक्स उपकरण खरिदलाई थप सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड बीच वित्तीय सहकार्य सुरू भएको छ । ‘विश्वासको नयाँ हातेमालो’ नारासहित गरिएको यस सहकार्यअन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत (० प्रतिशत) ब्याजदरमा सहज मासिक किस्ता (ईएमआई) सुविधा पाउनेछन् । एकमुष्ट ठूलो रकम खर्च नगरी आवश्यकता र बजेटअनुसार घरायसी उपकरण जोड्न चाहने ग्राहकलाई लक्षित गरी यो योजना ल्याइएको कम्पनीले जनाएको छ । नयाँ घर सजाउन, पुराना उपकरण फेर्न वा आधुनिक जीवनशैली अपनाउन चाहनेहरूका लागि यो सुविधा प्रभावकारी हुने सीजी इलेक्ट्रोनिक्सको विश्वास छ । ‘तुरुन्तै सजिलो ईएमआई, नागरिकता भए पुग्छ १’ भन्ने सन्देशसहित सुरु गरिएको यस योजनामा प्रक्रियालाई निकै सरल बनाइएको छ । ग्राहकले आफ्नो सक्कल नागरिकतासहित नजिकको सीजी डिजिटल शोरुम वा आधिकारिक डिलरमा गएर आफूलाई मनपर्ने सामान छनोट गरी किस्ता सुविधा लिन सक्नेछन् । ईएमआई सम्बन्धी सम्पूर्ण वित्तीय स्वीकृति प्रक्रिया हुलास फिनसर्भको नियमानुसार हुनेछ ।

यस योजनाअन्तर्गत विश्वप्रसिद्ध ब्रान्डहरू एलजी, सीजी, सीजी मेरिडिया, टीसीएल, गोदरेज, बेको, सेन्सेई, मिडिया, ब्ल्याक एन्ड डेकर, क्रोम्पटन, एलिका, केन्ट, बर्ली तथा गुडम्यान्स लगायतका उत्पादनहरू उपलब्ध छन् । ग्राहकले टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एसी (एयर कन्डिसनर) का साथै भान्सा र घरायसी प्रयोगका अन्य साना,ठूला उपकरणहरू किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । नयाँ सामान खरिदसँगै पुराना उपकरण साट्न चाहने ग्राहकका लागि ‘सीजी एक्स इलेक्स’ मार्फत एक्सचेन्जको व्यवस्था समेत गरिएको छ । ग्राहकले पुराना सामानको मूल्याङ्कन गराई थप रकमलाई ईएमआईमा रूपान्तरण गरेर नयाँ प्रविधिका सामान घर लैजान सक्नेछन् । यो सुविधा देशभर रहेका सीजी डिजिटल शोरुमहरू र सीजीका आधिकारिक डिलर नेटवर्कमार्फत लिन सकिने कम्पनीले जनाएको छ । डाउन पेमेन्ट, किस्ता अवधि तथा अन्य सर्तहरूबारे विस्तृत जानकारी नजिकको शोरुमबाट लिन सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *