गृहमन्त्रीले राजीनामा दिनु पर्ने आधार नभएको स्पष्ट

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि विपक्षी दलहरूले उठाएको राजीनामा माग अस्वीकार गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गृहमन्त्रीले राजीनामा दिनु पर्ने कुनै आधार नभएको स्पष्ट पारेका छन्।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका गुरुङले गृहमन्त्रीविरुद्ध अहिलेसम्म ठोस प्रमाण प्रस्तुत नभएको र औपचारिक छानबिन प्रक्रियासमेत सुरु नभएकाले राजीनामाको माग अवास्तविक भएको बताए । उनले गृहमन्त्रीलाई सदनमै स्पष्टीकरण दिन दिनुपर्ने र दलहरूबीच संवाद जारी रहेकाले समस्या समाधानको बाटो चाँडै खुल्ने विश्वास व्यक्त गरे। साथै, उनले प्रेस काउन्सिललाई समावेशी बनाउने प्रतिबद्धता दोहोर्‍याए पनि हालसम्म सो प्रक्रिया किन अघि बढ्न नसकेको विषयमा स्पष्ट विवरण दिएनन्।

मन्त्रिपरिषद् निर्णयहरूमा, एक जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने, १० जना महासेनानीहरूको सरुवा, र एक जनाको राजीनामा स्वीकृति समेटिएको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न १४ निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत ती निर्णय सार्वजनिक गरेका हुन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *