प्रोग्रेशिभ फाइनान्स नेपालपे कार्ड स्किममा आवद्ध
काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच एनपीएस एनसीएस (नेसनल कार्ड स्वीच) तथा नेपालपे डोमेस्टिक कार्ड स्किम अन्तर्गत प्रिन्सिपल मेम्बरसिपका लागि औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा फाइनान्सतर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र एनसीएचएलतर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
एनसीएचएलले हालै आफ्नो एनपीएस एनसीएस पूर्वाधार तयार भइसकेको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालपे कार्ड इस्युइङ र अक्वायरिङ सेवाका लागि जोडिन आह्वान गरेको थियो । जस अनुसार प्रोग्रेशिभ फाइनान्सले अब नेपालपे कार्डमार्फत डोमेस्टिक कार्ड कारोबार सेवा उपलब्ध गराउने तयारी गरेको हो । नेपालपे कार्ड स्किमले डोमेस्टिक कारोबारको लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने, र डिजिटल इकोसिस्टममा नवीन उपकरणको विकास र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।