आईसीएफसी फाइनान्स नेपाल पे कार्डमा आबद्ध
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गतको नेसनल कार्ड स्वीच (एनसीएस) तथा नेपालकै डोमेस्टिक कार्ड स्किम ‘नेपालपे कार्ड’ को प्रिन्सिपल मेम्बरका रूपमा आबद्ध हुने सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा आईसीएफसी फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनील पन्त र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । एनसीएचएलले हालै एनपीएस एनसीएसको पूर्वाधार तयार भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई ‘नेपाल पे कार्ड’ इस्यू र एक्वायर गर्न आफ्नै स्विचमा आबद्ध हुन आह्वान गरेको थियो ।
अब कमर्सियल रूपमा प्रणाली कार्यान्वयन भएपछि आईसीएफसी फाइनान्सले आफ्ना ग्राहकहरूलाई ‘नेपाल पे कार्ड’ जारी गर्न र स्विकृत गर्न सक्नेछ । एनपीएस एनसीएसले विभिन्न कार्ड स्वीचहरूबीच अन्तरजडान कायम गर्दै कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टको सुविधा प्रदान गर्नेछ । यसले डोमेस्टिक कार्ड प्रयोगको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल भुक्तानी प्रणालीमा नवीनतम उपकरणहरूको विकास र प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।