गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २४ औं वर्षमा प्रवेश

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ। संस्थाले आफ्नो २३ औं वार्षिकोत्सवका अवसरमा श्री अपाङ्ग सेवा संघ, बुंगमतीलाई खाद्यान्न सहयोग निरन्तरता दिने गरी सम्झौता नवीकरण गरेको छ। यस संस्थालाई सात वर्षदेखि वार्षिक रूपमा खाद्यान्न सामग्री प्रदान गर्दै आएको गुहेश्वरी फाइनान्सले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । त्यसैगरी, नेपाल रेडक्रस सोसाइटी ललितपुर रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा एकदिने रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको छ ।

संस्थाले विगत वर्षदेखि वित्तीय साक्षरताको प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरूमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । हाल गुहेश्वरी फाइनान्सले मुलुकभर २३ वटा शाखा कार्यालय र ४ वटा विस्तारित काउन्टरहरूमार्फत सेवा दिँदै आएको छ । साथै, सेवा, मोबाइल बैंकिङ, डिम्याट खाता, कस्टोडियन तथा लकर सेवा लगायतका आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले ग्राहक, सेयरधनी, शुभचिन्तक तथा नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित नियमनकारी निकायहरूप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा अझ सुदृढ, सरल, विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्ने दृढता व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *