विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात 

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिन जोशीको अवस्था अहिलेसम्म स्पष्ट नभएको जानकारी दिएकी छन ।

प्रतिनिधि सभाको बैक बोल्दै मन्त्री राणाले सरकारले अहिलेसम्म धेरै प्रयास गरेको बताउदै अहिलेसम्म विपिनको अवस्था के छ भन्ने बारे जानकारी प्राप्त हुन नसकेको बताएकी हुन् । उनले भनिन्- विपिन जोशीको रिहाईको सम्बन्धमा सक्दो प्रयास गरका छौं । अहिलेसम्म विपिनको अवस्था अज्ञात छ । केहि दिन अघि थाइल्याण्डका एक नागरिकको शव हमासले हस्तान्तरण गरेको जानकारी आएको छ । नेपाली नागरिकको बारेमा केहि जानकारी छैन ।

हामी सबै जनाले भगवानसँग प्राथना गरौं । हाम्रा छोरा विपिन जोशी सकुसल छन् र कुनै दिन नेपाल फर्किन्छन् भन्ने आशामा छौं ‘ उनले भनिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *