हाँस्य कलाकार सन्दीप क्षेत्री ‘फेस अफ रोयल इनफिल्ड’ मा नियुक्त
काठमाण्डौं । अल्फा अटोमोटिभ प्रा.लि.ले नेपालका चर्चित हास्य कलाकार, सामाजिक व्यक्तित्व एवं उत्प्रेरक सन्दीप क्षेत्रीलाई ‘फेस अफ रोयल इनफिल्ड’ को रूपमा नियुक्त गरेको छ। बिगत दुई दशकदेखि नेपाली कला, मनोरञ्जन र सामाजिक क्षेत्रमा सक्रिय रहँदै जनताको मन जित्न सफल क्षेत्रीको सादगी, आत्मविश्वास, स्वतन्त्र सोच र मोटरसाइकलप्रतिको गहिरो रुचिलाई कम्पनीले यस भूमिकाको लागि उपयुक्त ठहर गरेको हो। कम्पनीका अनुसार यो सहकार्य केवल बिजनेसिक पार्टनरशिप मात्र नभई साझा भ्यालु, सोस र भिजनमा आधारित यात्राको प्रारम्भ हो। रोयल इनफिल्ड नेपालले सन्दीप क्षेत्रीमार्फत डोमेस्टिक टुरिजम प्रोमोशन, ट्राफिक रुल्स अब्जरभेन्स, रोड सेफ्टी मेसेजहरू प्रवाह गर्ने लक्ष्य लिएको छ। यस अभियानले नेपाली मोटरसाइकल संस्कृतिमा न्यु डायमेन्सन थप्ने, समाजका सबै वर्गसामु पहुँच बनाउने र यूथ जेनेरेसनसँग गहिरो सम्बन्ध गाँस्ने अपेक्षा गरिएको छ। रोयल इनफिल्डको ट्रडिशन, स्टाइल र स्पिरिट जनमानससम्म अझ प्रभावकारी रूपमा पुर्याउन सन्दीप क्षेत्रीको भूमिका महत्त्वपूर्ण हुने कम्पनीको विश्वास छ। मोटरसाइकललाई केवल ट्रान्सपोर्टेशन मिडियम नभई सेल्फ–एक्सप्रेशनको टुलको रूपमा प्रस्तुत गर्ने दृष्टिकोण यो सहकार्यमार्फत अझ स्पष्ट हुने जनाइएको छ। रोयल इनफिल्ड नेपालले क्षेत्रीलाई हार्दिक वेलकम गर्दै यो सहकार्यले न्यु इनर्जी, इनोभेटिभ आइडिया र इन्स्पायरिङ क्याम्पेनहरू लिएर आउने बताएको छ।