नेपाल एसबिआई बैंकको ३२ औं बार्षिकोत्सव सम्पन्न
काठमाडौं । नेपाल एसबिआई बैंक लिले ३२ औं बार्षिकोत्सव मनाएको छ। यस अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत रामकूमार तिवारीले बैंकको उपलब्धिको बारेमा प्रकाश पारेका थिए ।
साथै, उहांले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नूपर्नेमा पनि जोड दिएका हुन । त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पूर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै यसरी नै योगदानको निरन्तरताका लागी आग्रह गरे । प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडाले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।