आइतबार नेपाली बजारमा सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोला ११ सयले बढेर तोलाको एक लाख ९२ हजार ९०० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९१ हजार ८०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर तोलाको २२८५ रुपैयाँमा कारोबार भइरहेको छ ।