पुराना दलबाट देशका समस्याको समाधान हुँदैन- बाबुराम भट्टराई

काठमाडौँ । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना दलबाट देशका समस्याको समाधान नहुने प्रमाणित भएको बताएका छन् ।

डा. भट्टराईले संसदका दुइ ठूला दल मिलेर बनेको सरकारको गत एक बर्षको सबभन्दा ठूलो उपलब्धी भनेको अब  पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट  देश र जनताका गम्भीर संरचनात्क समस्याहरू  हल हुनै सक्दैनन् भन्ने कुरा आम जनताले बुझ्ने गरी व्यबहारमै प्रमाणित गरिदिनु भएको बताएका छन् । डा. भट्टराईले अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिको हातमा आउने निश्चित रहेको छ ।

उनले आज सामाजिक सञ्जालमा लेख्दै उक्त कुरा भनेका हुन् । उनले भनेका छन्-  

संसदका दुइ ठूला दल मिलेर बनेको सरकारको गत एक बर्षको सबभन्दा ठूलो उपलब्धी भनेको अब  पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट  देश र जनताका गम्भीर संरचनात्क समस्याहरू (संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्पविकास, परनिर्भरता, पर्यावरण विनाश आदि) हल हुनैसक्दैनन् भन्ने कुरा आम जनताले बुझ्ने गरी व्यबहारमै प्रमाणित गरिदिनु हो । उनले भनेका छन् ।

तेश्रो ठूलो दलका एकल सुप्रिमोले पटक पटक च्याँखे थापेर  सरकारको नेतृत्व गरे पनि यी गम्भीर संरचनात्मक समस्याहरूको समाधानमा कुनै माखो मार्न नसकेको पहिल्यै देखिसकिएकै हो । यो स्थितिमा अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलोछिटो आउने निश्चितै छ । उनीहरूले त्यसको गम्भीर तयारी कसरी गर्छन् वा गर्नुपर्छ ? आगामी दिनको राजनीतिक विमर्श अव त्यता सोझिनुपर्छ । सबैले आआफ्नो छातीमा हात राखेर ममः भन्ने कि ? 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *