रिलायबल नेपाल लाइफ लमजुङ शाखाद्वारा १५ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लमजुङका एकजना बीमित परिवारलाई १५ लाख ४६ हजार रुपैयाँ मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । कम्पनीको बेंसीशहर शाखाले बैदेशिक रोजगारिको क्रममा निधन भएका क्व्होलासोथार गाउँपालिका–१ का तेज प्रसाद गुरुङको परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको हो । गुरुङको गत जेष्ठ १४ गते बैदेशिक रोजगारिको क्रम्मा साउदिमा मृत्यु भएको थियो । कम्पनीका लमजुङ शाखा प्रमुख राजु गुरुङका अनुसार तेजप्रसादले कम्पनीमा १५ लाख रुपैयाँको बीमा गरेको थियो ।

बीमा अवधिमा उनले १ किस्ता मात्र भुक्तानी गरेका थिए । गुरुङको परिवारले तेज प्रसाद गुरुङको कालगतिले मृत्यु भएका कारण बिमाङक रकम र बोनस प्रदान गरिको शाखा प्रमुख राजु गुरुङले बताए । बीमा रकमलाई क्व्होलासोथार गाउँपालिका–१ का कार्यबाहाक अध्यक्ष्य सोम प्रसाद गुरुङको उपस्थितिमा बीमा रकम बराबरको चेक हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रम्मा शखाका बित्तिय सल्लहकारहरु शिब थापा, डिलमाया गुरुङ्,पशुपती गुरुङ जिना गुरुङ र बजार प्रधिनिधी आशादेवी गुरुङको उपस्थिती रहेको थियो । लमजुङ शाखाका जिना गुरुङले सञ्चालन गरेको कार्यक्रममा शाखा प्रमुख राजु गुरुङले प्रशिक्षण दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *