नेपाल-डेनमार्क सम्बन्ध मजबुत बनाउन सीएनआई र राजदूतबीच छलफल

काठमाडौं । नेपाल- डेनमार्कबीच आर्थिक र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक तथा ग्लोबल बिजिनेस र डायस्पोरा समिती (सीएनआई)का सभापति चन्द्र टण्डन र डेनमार्कस्थित नेपाली राजदूत महामहिम सुम्निमा तुलाधरबीच भेटवार्ता सम्पन्न भएको छ । भेटमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउनका लागि रणनीति, उत्पादनशील क्षेत्र र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीको सदुपयोग, साथै साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रीटको क्षेत्रमा नेपाललाई प्रमुख गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने उपायहरूमा छलफल भएको थियो ।

साथै, डेन्मार्कमा बसोबास गर्दै आएका नेपाली प्रवासीहरूको समस्या समाधान, हकहित संरक्षण र नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने प्रभावकारी योजना निर्माणमा पनि दुवै पक्षले आपसी समझदारी बनाएका छन् । भेटमा नेपाली मिसन र सीएनआईबीचको संस्थागत सम्बन्ध मजबुत बनाउने विषयमा पनि विचार विमर्श भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *