रविजीमाथि जे भइरहेको छ, म सन्तुष्ट छैन- पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाबीच मंगलबार बिहान भेटवार्ता भएको छ।

भंगालस्थित पूर्वराष्ट्रपति निवासमा भएको भेटमा भण्डारीले सहकारी काण्डमा रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाइएको विषयप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । भेटका क्रममा भण्डारीले रवि लामिछानेप्रति आफ्नो सद्भाव रहेको उल्लेख गर्दै अहिले भइरहेको घटनाक्रमप्रति चिन्ता व्यक्त गरिन्। ‘रविजीमाथि जे भइरहेको छ, त्यसमा म सन्तुष्ट छैन, उहाँप्रति मेरो सद्भाव छ,’ प्रवक्ता झासँगको कुराकानीमा भण्डारीले भनिन्। उनले सहकारीको विषयलाई राजनीतिक मुद्दामात्रै बनाइएको आरोपसमेत लगाइन्।

प्रवक्ता झाका अनुसार, भेटवार्तामा पूर्वराष्ट्रपति भण्डारीले आफ्नो एमाले पार्टी सदस्यतासम्बन्धी विषयमा समेत कुरा गरेकी थिइन्। उनले यसअघि एमाले अध्यक्ष केपी ओलीले आफूलाई पार्टीमा फर्कन कुनै समस्या नरहेको बताएको स्मरण गराउँदै अहिले पनि आफू एमालेमै रहेको सङ्केत दिएको झाले जानकारी दिए ।

भण्डारीले राजनीतिमा नयाँ पुस्ता र विचारको आगमनप्रति सकारात्मक टिप्पणी गर्दै रास्वपाले ल्याएको राजनीतिक नवीनताको प्रशंसा पनि गरेकी थिइन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *