काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । बालुवाटारमा बैठक केहीबेरअघि सुरु भएको छ । जेनजी पुस्ताले गरेको आन्दोलन र त्यसपछिको अवस्थाका बारेमा छलफल हुने बताइएको छ । आन्दोलनका क्रममा १७ जनाको मृत्यु भइसकेको छ । त्यस सन्दर्भमा मन्त्रिपरिषद्को निर्णय आउन सक्ने जनाइएको छ ।