प्रहरीद्वारा आन्दोलनका क्रममा भएको लुटपाटमा संलग्न व्यक्तिहरूको प्रमाण माग

काठमाडौँ । नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा भएको लुटपाटमा संलग्न व्यक्तिहरूको प्रमाण माग गरेको छ ।

आज एक सूचना जारी गर्दै प्रहरीले उक्त प्रमाणहरू माग गरेको हो । प्रहरीले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना आगजनी लुटपाट लगायतका भिडियो तथा विभिन्न सामाजिक सञ्जालहरूमा लिङ्कहरू भए उपलब्ध गराउन अनुरोध गरेको छ । सूचनामा भनिएको छ, ‘यही भदौ २३ र २४ गते काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना आगजनी लुटपाट आम सर्वसाधारण त्रासश्रृङ्खला हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाईँसँग छ भने कृपया हामीलाई nepalpoliceinfo@gmail.com मा पठाई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।’

प्रहरीले भिडियो तथा लिङ्कहरू पठाउनेलाई गोपनीयताको कायम रहने बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *