आन्दोलनमा प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल फिर्ता
काठमाडौं । सिन्धुलीका एक व्यक्तिले ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान चाइनिज पेस्तोल नेपाली सेनालाई बुझाएका छन् । नेपाली सेनाले शुक्रबार (भदौ २७) एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । सिन्धुली जिल्ला मरिन–४ स्थायी घर भएका एक व्यक्तिले आन्दोलनको दौरान नेपाल प्रहरीबाट लुटेको ९ मि.मि. चाइनिज पेस्तोल नाल–१ (एक), काठमाडौंस्थित डल्लु इलाकामा खटिएको नेपाली सेनाको पट्रोल टोलीलाई बुझाएको छ,” नेपाली सेनाको विज्ञप्तिमा भनिएको छ । भदौ २४ गते राति १० बजेदेखि हालसम्म विभिन्न स्थानबाट प्रहरीबाट प्रदर्शनकारीले लुटेका २६८ नाल हतियार बरामद भएको सेनाले जनाएको छ ।