अर्याल, खनाल र घिसिङको नाम टुंगो लाग्यो, शपथ भोलि
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । स्रोतका अनुसार, ओमप्रकाश अर्यालले गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । उर्जामन्त्रीका रूपमा कुलमान घिसिङ रहनेछन् । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले जानकारी दिएको छ । कुलमानलाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिएको जनाइएको छ । त्यस्तै, अर्थमन्त्रीमा रामेश्वर खनालको नाम टुंगो लागेको छ । उनीहरूको शपथ भने भोलि हुनेछ ।