तिन मन्त्रीले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनियताको शपथ लिएका छन् । शित्तल निवासमा आयोजित विशेष कार्यक्रममा अर्थविद रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्रीको शपथ लिएका हुन् ।

प्रधानमन्त्री कार्कीले अर्थविद रामेश्वर खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिएकी छन् भने कुलमान घिसिङलाई, उर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *