सेनाको सुरक्षाबाट बाहिरिए ओली

काठमाडौं । नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासल प्रांगणमा शुक्रबार कार्यक्रम गर्दै छ । बिहान ८ बजेका लागि कार्यक्रम तय भएको छ । उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने नहुने विषयमा नेताहरू अन्योलग्रस्त देखिन्छन् । स्रोतका अनुसार, ओली सेनाको सुरक्षाबाट बाहिरिएका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा उनलाई शिवपुरीस्थित सैनिक कमाण्ड एन्ड स्टाफ कलेजमा राखिएको थियो । त्यहाँबाट बाहिरिएर उनी भक्तपुरको सूर्यविनायकमा पार्टीका युवाको सुरक्षामा छन् ।

उनी भोलि सार्वजनिक होलान् त ? नेकपा (एमाले)निकट प्रेस चौतारी नेपालले शुक्रबारको कार्यक्रममा ओली उपस्थित हुने दाबी गरेको छ । प्रेस चौतारीका महासचिव हिरामान लामाले ओली उपस्थित हुने भन्दै एक सूचना जारी गरेका छन् । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने भोलिको कार्यक्रममा अध्यक्ष ओली उपस्थित हुने सम्भावना नरहेको बताए । अध्यक्ष भोलिको कार्यक्रममा उपस्थित हुनुहुन्छ भन्ने लाग्दैन । पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्‍यो नि ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *