सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको कार्य सुरु
काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको कार्य सुरु गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलेका सवारीसाधनलाई संसद् भवनको खाली ठाउँमा लगेर व्यवस्थापन गर्न थालिएको छ । मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समन्वयमा जेनजी प्रदर्शनका क्रममा सिंहदरबारभित्र आगजनीबाट क्षति पुगेका सवारीसाधन हटाउन थालेको जानकारी दिए । “जलेका सवारीसाधनलाई संसद् भवनमा लगेर व्यवस्थापन गर्ने र सिंहदरबारमा रङरोगन गर्न थालेका छौँ”, उनले भने , “तोडफोड भएका सवारीसाधन मर्मत भइरहेका छन् ।”