होटल मिस्टिक माउण्टेन पोखरामा

काठमाण्डौं । हस्पिटालिटी क्षेत्रमा आठ वर्षदेखि उत्कृष्ट सेवा दिँदै आएको होटल मिस्टिक माउण्टेनले अब पोखरामा पनि आफ्नो सेवा सुरु गरेको छ। यसअघि नगरकोटबाट सेवा दिँदै आएको होटल मिस्टिक माउण्टेनलाई हिली भ्याली प्रा.लि.ले फ्रेन्चाइजका रूपमा पर्यटकीय राजधानी पोखरामा ल्याएको हो। फेवाताल छेउमा अवस्थित होटलबाट पोखराका रमणीय क्षेत्रहरूको दृश्यावलोकन गर्न सकिन्छ। प्राकृतिक हरियाली र स्वच्छ वातावरणमा बस्न चाहने पाहुनाका लागि होटल उपयुक्त रहेको होटल मिस्टिक माउण्टेनकी सेल्स एन्ड मार्केटिङ म्यानेजर अमिता श्रेष्ठले बताइन् । उनका अनुसार, विशेष गरी पोखरा आउने पर्यटकहरू प्रकृतिसँग रम्न आउने भएकाले त्यसलाई मध्यनजर गर्दै पोखराको सेदीमा होटल सञ्चालनमा ल्याइएको हो। नगरकोटमा उत्कृष्ट सेवा दिँदै आएको होटलले पोखरा जस्तो पहिलो रोजाइको गन्तव्यमा सेवा दिन पाउनु आफैंमा खुशी र गौरवको कुरा भएको श्रेष्ठले बताइन्।

हजारौं सन्तुष्ट ग्राहकहरूका लागि अब पोखरामा पनि होटलले सेवा प्रदान गर्ने जनाएको छ। स्वदेशी तथा विदेशी पर्यटकका लागि गुणस्तरीय र सन्तुष्ट सेवा दिने लक्ष्यका साथ पोखरामा सुरु गरिएको चारतारे सुविधायुक्त होटलमा पाहुनाका लागि सराङकोटसम्म जानका लागि केवलकार सुविधा, जिमहल, स्टिम, साउना, कन्फरेन्स हल, स्वीमिङ पुललगायतका सुविधा रहेका छन्। पर्यटकीय लेकसाइड क्षेत्रमा सुरु भएको मिस्टिक माउण्टेनमा हाल ६० वटा स्वीट रुम रहेका छन्। व्यवसायी मनमोहनकृष्ण श्रेष्ठ, कमल बान्सकोटा र सागर गुरुङ सञ्चालकका रूपमा रहेका छन् । पोखराको लेकसाइडदेखि होटलसम्म पाहुनाका लागि यातायात सुविधा समेत उपलब्ध गराइएको छ। होटलको औपचारिक शुभारम्भसँगै केही समयका लागि विशेष छुटको व्यवस्था गरिएको जनाइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *