कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य चयन

काठमाडौं । कामना सेवा विकास बैंकको अध्यक्षमा सुदीप आचार्य पुनः चयन भएका छन् । आचार्य अर्को चार वर्षका निम्ति अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि पनि बैंकको अध्यक्ष थिए । नयाँ सञ्चालक समितिमा अरू सदस्य पनि चयन भएका छन् । शुक्रबार (असोज २४) सम्पन्न १९औँ वार्षिक साधारणसभाबाट उनलाई सञ्चालकमा नियुक्त गरिएको थियो ।

लगत्तै बसेको सञ्चालक समितिको ४०१औँ बैठकबाट आचार्यलाई अध्यक्षमा निर्वाचित गरिएको हो । साधारणसभाबाट संस्थापक समूहअन्तर्गत आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र पवनकुमार शर्मा निर्विरोध चयन भएका छन् । उनीहरुको पनि कार्यकाल चार वर्षको हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *