निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन र राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि दल दर्ता आह्वान गरेको हो । आयोगले आज (कात्तिक २८) गोरखापत्रमा छुट्टाछुट्टै सूचना प्रकाशित गरी चुनावमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो । प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय मंसिर १ देखि १० गतेसम्म तोकिएको छ ।

राष्ट्रियसभाका लागि मंसिर १ देखि ७ गतेसम्मको समय तोकिएको छ । आयोगले शुक्रबार दुवै निर्वाचनका लागि फरक फरक सूचना जारी गर्दै सो आह्वान गरेको हो । निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मितिलगायत आवश्यक कागजात समेत खुलाउनुपर्ने आयोगले जनाएको छ । निवेदनसाथ संलग्न गर्नुपर्ने कागजातबारे पनि सूचनामा उल्लेख छ । आयोगमा प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ दल दर्ताको समय भने भोलिसम्मका लागि छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *