सबैभन्दा बढी कर तिर्ने व्यक्ति बने राजबहादुर शाह

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८०।८१ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व विभागले सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाहलाई सम्मान गरेको छ । शाह व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर बुझाउने व्यक्ति बनेका छन् । विभागका अनुसार निकायतर्फ सबैभन्दा बढी कर बुझाउने नेपाल दूरसञ्चार प्राधिकरण छ भने एकल स्वामित्वतर्फको कम्पनीमा सबैभन्दा बढी थर्ड आई इन्टरनेशनले तिरेको छ । वस्तु निर्यातमा डाबर नेपाल प्रालिले गत वर्ष सबैभन्दा बढी कर तिरेको भन्दै विभागले सम्मान गरेको छ । यस्तै, सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्नेमा भेरिक्स नेपाल प्रालि, कृषि फार्मतर्फ पोषक ब्रिडर फार्म प्रालिले गत वर्ष सबैभन्दा बढी कर तिरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट भने गत वर्ष नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले सबैभन्दा बढी कर तिरेको छ । स्वास्थ्य तथा शैक्षिक संस्थामा नोबेल मेडिकल कलेज तथा टिचिङ अस्पताल रहेको छ । पर्यटन व्यवसायमा सोल्टी होटेल लिमिटेडले सबैभन्दा बढी कर तिरेको विभागले जनाएको छ । यस्तै, वस्तु व्यापार गरेर सबैभन्दा बढी आयकर तिर्नेमा भाटभटेनी सुपरस्टोर रहेको छ । वार्षिक ५० देखि १०० करोडसम्म कारोबार गर्ने कम्पनीमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड रहेको छ । त्यस्तै, उर्जातर्फ भोटेकोसी पावर कम्पनी लिमिटेड उत्कृष्ट करदाता रहेको छ । रेमिटेन्सतर्फ आइएमइ लिमिटेडले सबैभन्दा बढी कर तिरेको छ । विभागका अनुसार २०७६ देखि २०८२ असारसम्म नियमित समयमै सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रहेको छ । विशेष उद्योगमा सबैभन्दा बढी कर तिर्ने युनिलिभर कम्पनी लिमिटेड रहेको छ । यस्तै, यस वर्ष बागलुङ कर कार्यालय उत्कृष्ट कर कार्यालय बनेको छ ।
यी हुन सबैभन्दा बढी कर तिर्ने व्यक्ति र संस्था
१.निकायहरूमध्ये नेपाल दूरसञ्चार प्राधिकरण
२.एकलौटी फर्ममध्ये थर्ड आई इण्टरनेशनल
३.वस्तु निर्यातको कारोबार गर्नेमध्ये डावर नेपाल प्रालि
४.सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोवबर गर्नेमध्ये भेरिक्स नेपाल प्रालि
५.कृषि एवं पशुपंक्षीजन्य उद्योगमध्ये पोषक ब्रिडर फार्म प्रालि
६.बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्नेमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
७.स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्ये नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
८.पर्यटन व्यवसाय गर्नेमध्ये सोल्टी होटल लिमिटेड
९.वस्तु व्यापारको कारोवार गर्ने मध्ये भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि
१०.वार्षिक कारोवार रकम ५० करोड रुपैयाँभन्दा बढी १०० करोड रुपैयाँसम्म कारोवार गर्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेड
११.उर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी प्रालि
१२.रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये आईएमई लिमिटेड
१३.ब्यक्तिगत आयमा सबैभन्दा बढी राज बहादुर शाह
१४.विसं २०७६ साउनदेखि २०८२ असार मसान्तसम्मको कर अवधिमा विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये नेपाल दूरसञ्चार लिमिटेड
१५.वार्षिक कारोबार रकम ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदाताहरुमध्ये भिएफ सर्भिसेज (मोरिसस) प्रालि
१६.विशेष उद्योगहरूमध्ये यूनिलिभर नेपाल लिमिटेड

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *