शिवम् सिमेन्टको लाभांश घोषणा
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको हो। लाभांश पारित गर्नका लागि यही मंसिर २५ गते काठमाडौंमा बिहान साढे १० बजे वार्षिक साधारणसभा बोलाएको छ भने मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय पनि भएको छ।

















