सामसङको ‘वार्म विन्टर अफर’ सार्वजनिक, वाशिङ मेसिन र रेफ्रिजिरेटरमा विशेष छुट र क्यासब्याक

काठमाण्डौं । सामसङ नेपालले यस जाडो मौसमलाई सहज र आरामदायक बनाउने उद्देश्यले ‘वार्म विन्टर अफर’ घोषणा गरेको छ। नोभेम्बर २१ देखि जनवरी १४ सम्म लागू हुने यो अफर देशभरका अधिकृत सामसङ रिटेलरमा उपलब्ध हुनेछ। अफरअन्तर्गत ग्राहकहरूले ७–१२ किलोग्राम क्षमता भएका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट लोड, FATL र SATL वाशिङ मेसिनमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यसैगरी, सिङ्गल डोर, डबल डोर र साइड बाइ साइड रेफ्रिजिरेटरमा अधिकतम १७ प्रतिशत क्यासब्याक सुविधा दिइएको छ। सामसङका सबै वाशिङ मेसिन र रेफ्रिजिरेटरमा DIT मोटरमा २० वर्षको वारेन्टी र निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध छ। ग्राहकहरूले हुलास फिनसर्भ हायर पर्चेजद्वारा सञ्चालित ‘सामसङ इन्स्टाफाइनान्स’ सेवामार्फत ०५ ब्याजदरमा ईएमआई योजना प्रयोग गरी सामसङ होम अप्लायन्स किन्न सक्नेछन्। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायन्स खरिद गर्दा ग्राहकले आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्ने सुविधा पनि पाउनेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *