गणेशमानपुत्री रीतासिंह वैद्यको निधन

काठमाडौं । नेपाल बाल संगठनकी पूर्वअध्यक्ष रीतासिंह वैद्यको निधन भएको छ । किड्नी फेलियरको समस्याबाट गुज्रिएकी वैद्यले लामो समयदेखि डायलासिस गराउँदै आएकी थिइन् । नेपाल बाल संगठनको नक्सालस्थित जग्गा भाडा प्रकरणमा विवादमा तानिएपछि उनमा डिप्रेसनको पनि समस्या थपिएको थियो ।

किड्नीको समस्यासँग जुधिरहेकी सिंह पछिल्लो समय डिप्रेसनको पनि बिरामी रहेको उनकी भाइबुहारी सृजना सिंहले जानकारी दिइन् । सृजनाका अनुसार उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार (पुस ३) बिहान ८ बजे निधन भएको हो । रीता, २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहकी जेठी छोरी हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *