राजनीति गर्न आएको होइन, तर देश परिवर्तन गर्न आएको हो : घिसिङ

काठमाडौं । चितवनमा पार्टीको जिल्लास्तरीय भेलामा उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू राजनीति गर्न नआएको बताएका छन् । आफूहरू राजनीति नभई देश परिवर्तन गर्न आएको उनले उल्लेख गरे । राजनीति र नेतृत्व फरक रहेको उनले बताए । देश परिवर्तन गर्न जरुरी रहेकामा उनले जोड दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री समेत रहेका उनले सुशासन, समृद्ध नभए देश कहिल्यै अघि बढ्न नसक्ने बताए ।

हामी राजनीति गर्नचाहिँ आएको होइन । राजनीति गर्न आएको होइन, तर देश परिवर्तन गर्न आएको हो । राजनीति र नेतृत्व फरक छ । देशलाई परिवर्तन गर्न आएको हो । जुन किसिमको राजनीति नेपालमा छ, त्यो राजनीति गर्न आएको होइन, त्यो बाटो मात्रै समातेको हो । यो बाटो समातेर देशलाई परिवर्तन गर्नुपर्छ । देश परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्दैन । हामी देश परिवर्तन गर्ने नेतृत्व दिन आएका हौँ । देशको शासक बन्न आएको होइन, आमनेपाली जनताको सेवक बन्न आएका हौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *