कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अनलाइन इन्ट्री आज मध्याह्न १२ बजेसम्म मात्रै
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको नवीकरण आज (बुधबार( मध्याह्न १२ बजेसम्म मात्रै गर्न सकिने भएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार मध्याह्न १२ बजे नवीकरणको ‘डाटा इन्ट्री बन्द हुन लागेको हो ।बैठकपछि समिति सदस्य प्रकाश रसाइली ‘स्नेहीले ‘क्रियाशील सदस्यता नवीकरणको अनलाइन ‘सिस्टम बुधबार मध्याह्न १२ बजे लक गरिने जानकारी दिएका थिए ।
उनकाअनुसार बुधबार साँझ नै समितिले नवीकरण भएका क्रियाशील सदस्यता प्रमाणीकरण गरेर पार्टीलाई बुझाउने छ ।समितिका अनुसार नयाँ क्रियाशील सदस्यताको विवरण भने बिहीबार राति १२ बजेसम्म ‘इन्ट्री गर्न पाइने छ । यो सिस्टम पनि ‘अटो लक हुने छ ।समितिले शुक्रबार नयाँ क्रियाशील सदस्यता प्रमाणीकरण गरेर पार्टीलाई बुझाउने तयारी गरेको छ । समितिले सदस्यता नवीकरणको ‘इन्ट्री जिल्ला सभापतिमार्फत् र नयाँ सदस्यताको ‘इन्ट्री प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमार्फत् गराइरहेको छ ।
















