एकैदिन तोलामा ८ हजारले घट्यो सुन
काठमाडौं । नेपाली बजारमा मंगलबार (पुस १५) सुनको मूल्य ह्वात्तै घटेको छ । यस दिन सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, यस दिन चाँदी तोलामा ३०५ रुपैयाँले घटेर चार हजार ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
















