टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । यसै वर्ष हुने आईसीसी टी–२० विश्वकपका निम्ति नेपालको राष्ट्रिय टोली घोषणा भएको छ ‌। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार प्रतियोगिताका निम्ति १५ सदस्यीय टोली घोषणा गरेका हुन् । भारत र श्रीलंकामा आयोजना हुने यो प्रतियोगितामा नेपाल समूह ‘सी मा छ । जसमा नेपालको प्रतिद्वन्द्वीका रूपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् । नेपालको सबै खेल भारतको वान्खडे रंगशालामा हुनेछ । नेपाली टिम : रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल, लोकेस बम ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *