लक्ष्मी महिला साकोस सहकारी प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध

काभ्रे । चौकोटमा मुख्य कार्यालय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र प्राप्त गरैसँगै कर्जा सूचना केन्द्रमा समेत आवद्ध भएको छ । संस्था दुई निकायमा नै आवद्ध भएपछि बचत तथा ऋणको कारोबारलाई व्यवस्थित रुपमा अगाडि बढाउन कानुनी आधार बलियो बनेको छ । प्राधिकरकणले बचत तथा ऋणको कारोबार गर्न इजाजत दिएको छ भने ऋण लगानी गर्दा कुनै पनि सदस्य कालो सूचीमा परेको छ वा छैन भन्ने यकिन गर्न सहज हुने भएको छ । यसले ऋण लगानीलाई सुरक्षित र व्यववस्थित गर्न मद्दत पुग्ने संस्थाले जनाएको छ ।

त्यसैगरी प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुलाई सहकारी संस्था सञ्चालन इजाजतपत्र प्रदान गर्दै आएको छ । उक्त संस्थालाई पनि बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम प्राधिकरणमा दर्ता गरी सञ्चालन इजाजपत्र प्रदान गरेको हो । संस्थाको इजाजतपत्र नं. २०५६ ००३०७ रहेको छ । पनौती, बनेपा र धुलिखेल नगरपालिका कार्यक्षेत्र रहेको उक्त संस्थाले बचत ऋणको मुख्य कारोबार गर्दै आएको छ । संस्थाले समुदायका महिलाहरुलाई सदस्य बनाई बचत ऋणको कारोबार मार्फत् उनीहरुलाई आर्थिक तथा सामाजिक रुपमा सवल बनाउँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *