मतदान कर्मचारीले घण्टीमा भोट मागेपछि

चितवन निर्वाचन क्षेत्र नम्बर ३, माडी नगरपालिकामा रहेको माडी माध्यमिक विद्यालयका एक कर्मचारीले मतदातासँग रास्वपामा भोट मागेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । इलाका प्रशासन कार्यालय माडीका कार्यालय सहयोगी बुद्धि सागर पौडलले मतदातालाई प्रभावित पार्नेगरि घण्टीमा भोट मागेको भन्दै नियन्त्रणमा लिइएको हो । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पूरीका अनुसार पौडेललाई मतदान स्थलबाट बाहिर निकालिएको छ । उनी निर्वाचन कर्मचारीको रुपमा माडी माध्यमिक विद्यालयको बुथ नम्बर ख मा खटिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *