बासनाले १२ वर्षपछि फिर्ता गरिन् दैलेख–१ मा कांग्रेसको विरासत

दुई निर्वाचन क्षेत्र रहेको दैलेख–१ मा १२ वर्षपछि नेपाली कांग्रेस-कम्युनिस्टको गढमा प्रवेश गरेको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचन यता कांग्रेसको चुनाव चिह्न रुखमा भोट हाल्न नपाएका कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरूले यसपटको विषमपरिस्थतिमा बासना थापालाई विजयी बनाएका छन् । कुनै समय कांग्रेसको गढ मानिएको यो क्षेत्रमा गठबन्धन संस्कृतिका कारण हलो र हसियाँ हथौडामा भोट हालेका कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरूले यसपटक राजनीतिक रूपमा अनुभवी र पाका नेतालाई पाखा लगाउँदै थापालाई सांसद चुनेका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा थापाले १२ हजार तीन सय ७२ मत प्राप्त जित निकालेकी छन् । थापाका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार सात सय ९६ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर पाँच सय ७६ छ । थापालाई चुनौती दिएका रास्वपाका नन्दकिशोर बस्नेतले आठ हजार एक सय ५१ मत प्राप्त गर्दा २०७० को संविधानसभा, २०७४ को प्रदेशसभा र २०७९ को प्रतिनिधिसभामा जित निकालेका नेकपाका अम्मरबहादुर थापाले चार हजार दुई सय ५६ मतका साथ लज्जास्पद हार व्यहोरेका छन् ।

रास्वपाको पक्षमा देशभर जनलहर चलेका बेला थापा उनै नेतृ हुन्, जो पुराना दलबाट एक मात्र प्रत्यक्षतर्फ महिला सांसद चुनिएकी छन् । हालसम्म अन्य पुराना दलबाट महिला उम्मेदवारको विजयी यात्रा तय भइसकेका छैन । २०४८, २०५१ र २०६४ सम्मका सबै निर्वाचमा यस क्षेत्रबाट कांग्रेसले अविजित यात्रा निकालेको थियो । २०६४ सम्मका तीन निर्वाचनमा कांग्रेसका गणेशबहादुर खड्काले जित निकालेका थिए । तर, २०७० मा सम्पन्न दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा खड्कालाई हराएर तत्कालीन नेकपा एमालेका अमरबहादुर थापा (अहिले नेकपाका उम्मेदवार) ले दैलेख–१ मा कम्युनिस्टको झण्डा फहराएका थिए । त्यसयता सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले गठवन्धन प्रवृत्तिका कारण उम्मेदवार उठाएको थिएन । यस क्षेत्रमा कांग्रेसीहरूले २०७४ मा हलो र २०७९ मा हँसिया हथौंडामा भोट हालेका थिए । थापाले २०७० मा कांग्रेसको विरासत भत्काउने थापालाई भारी मतान्तरले हराएर बदला लिएकी छन् । १२ वर्षपछि उम्मेवार उठाएको कांग्रेसकी बासनाको जनप्रतिनिधि बन्ने यो दोस्रो प्रयास हो । उनी २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दैलेखको नारायण नगरपालिका उपप्रमुखमा उम्मेदवार बनेकी थिइन । तर, उनी एमालेकी सावित्रि मल्लसँग पराजित भइन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *