राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र, प्रमुख सचेतकमा ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही चयन भएका छन् । बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले शाहीलाई दलको नेता चयन गरेको हो । बैठकले संसदीय दलको प्रमुख सचेतकमा खुश्बु ओलीलाई नियुक्त गर्ने निर्णय गरेको छ । शाहीले फागुन २१ गतेको निर्वाचनमा जुम्लाबाट चुनाव जितेका थिए भने ओली समानुपातिक सांसद हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *