भक्तपुर जिल्ला बचत संघले मनायो २२ औं स्थापना दिवस
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले २२ औं स्थापना दिवस मनाएको छ । सहकारी अभियानमा एकता, सिकाइ र अनुशासन सुदृढ गर्ने उद्देश्यसहित संघले स्थापना दिवस मनाएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष तथा प्रमुख अतिथि चन्द्रप्रसाद ढकालले कुनै पनि समस्याको समाधान बन्द गरेर नहुने भन्दै बचत तथा ऋण सहकारी संघहरुले स्थापनाकाल देखि गर्दै आएको परिभाषित कार्यमा रोक लगाउने गरी जारी अध्यादेशको विरोध गराए । राज्यले सहकारीमा बचत रकम फिर्ता र ऋण असुलीका समस्याको समाधानका नाममा सहकारी संघहरुको बचत तथा ऋणको कारोबार रोकेर झन् समस्या बल्झिने उनको भनाई छ । उनले सहकारीहरू अब ’करेक्सन मोड’ मा जानुपर्ने बताउँदै सहकारीको नाम बेचेर केहीले व्यक्तिगत स्वार्थ पूरा गरे पनि समग्र सहकारी अभियानलाई एउटै डालोमा राखेर हेर्न नहुने उनको भनाई छ । संघका अध्यक्ष हरिकृष्ण बल्लको जनताले नचाहेका अव्यवहारीक ऐन नियमको कार्यान्वयन नहुन बारे उदाहरणहरुसहित स्पष्ट पारेका थिए । उनले सदस्यहरुको साथ सहयोगमा संघ अबका दिनमा अझ सशक्त ढंगले अघि बढ्ने र सदस्य संस्थाहरूको सुरक्षाका लागि प्रतिबद्ध रहने उनले जनाए ।
संघका निवर्तमान अध्यक्ष कृष्ण गोविन्द लाखाजुले राष्ट्र बैंकले सहकारी हेर्न नसक्ने भन्दै सहकारीका लागि छुट्टै र प्रभावकारी नियमनकारी निकायको आवश्यकता औंल्याउदै अभियानले प्राधिकरणको माग गरेको बताए । उनले संघहरुमा सदस्य नभएर संस्थाहरुमा समस्या आएको स्पष्ट पाँदै संघहरुमा संस्थाहरुको अनिवार्य आबद्ध हुनुपर्ने कानुनी व्यवस्था हुनुपर्नेमा उल्टै संघहरुलाई कमजोर बनाउने गरी जारी अध्यादेशको विरोध गरे । संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघ स्थापनाकोबारेमा चर्चा गर्दै संघको शाखलाई बचाइ राख्न सफल भएकोमा खुशी व्यक्त गर्दै सहकारी अभियानमा एकबद्धता हुन नसक्दा पनि सहकारीमा समस्या देखिएको बताए । अतिथिहरूमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि। का पुर्व अध्यक्ष राधेश्याम सुवाल, जिल्ला सहकारी संघ लि. का उपाध्यक्ष विरेन्द्र भक्त प्रधानाङ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि.का कार्यवाहक अध्यक्ष टंकराज काफ्ले, कर्जा सूचना केन्द्रका टिम लिडर कृषा थापा लगायतको उपस्थिति रहेको थियो । कर्जा सूचना केन्द्रका जुनियर अफिसर अभिषेक थापाले सहकारीहरू केन्द्रमा किने आबद्ध हुर्ने भन्ने विषयमा प्रस्तुतीकरण गरेका थिए । उक्त अवसरमा विगतमा सहकारी अभियानमा योगदान पु¥याउने संघका निवर्तमान अध्यक्ष कृष्ण गोविन्द लाखाजु सहित निवर्तमान संचालक र निवर्तमान लेखा समिति संयोजक र सदस्यहरूलाई कदरपत्रद्वारा सम्मान गरेको थियोे ।
साथै, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०८२ अन्तर्गत जिल्लास्तर र नगरस्तरका उत्कृष्ट सहकारी संस्थाहरूलाई पुरस्कृत गरिएको छ । जिल्लास्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार पारिजात बचत तथा ऋण सहकारी संस्था लि.ले प्राप्त गरेको छ । त्यसैगरी नगरस्तरमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि., सिमल बचत तथा ऋण सहकारी संस्था लि. र झझल्को बचत तथा ऋण सहकारी संस्था लि. पुरस्कृत भएका छन् । प्रभातफेरी कार्यक्रम अन्तर्गत विभिन्न नगरपालिकाबाट उल्लेखनीय सहभागिता जनाउने सहकारी संस्थाहरू भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., बाराही बचत तथा ऋण सहकारी संस्था लि., लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., शुभकामना बचत तथा ऋण सहकारी संस्था लि., समाजसुधार बचत तथा ऋण सहकारी संस्था लि।, जनता बचत तथा ऋण सहकारी संस्था लि., युवा बचत तथा ऋण सहकारी संस्था लि., मुहान गणेश बचत तथा ऋण सहकारी संस्था लि., चम्पक बचत तथा ऋण सहकारी संस्था लि.र दिपज्योती बहुउद्देश्यीय सहकारी संस्थालाई उत्कृष्ट सहभागिता पुरस्कार प्रदान गरिएको थियो । सो कार्यक्रम संघका सदस्य संस्थाहरुबाट २३० जनाको सहभागिता रहेको थियो ।
















