एसीसी महिला प्रिमियर कप र एसियन गेम्स क्वालिफायर्सका निम्ति नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कप र एसियन गेम्स क्वालिफायर्सको लागि नेपाली टोली घोषणा गरेको छ । बुधबार क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सीता रानमगरले टोलीमा पुनरागमन गरेकी छन् । सीमाना केसी र सोनी पाख्रिन पनि टोलीमा अटाएका छन् । उनीहरू हालै रुवान्डामा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला च्यालेन्ज ट्रफीमा टोलीमा थिएनन् ।

उक्त प्रतियोगिताका लागि टोलीमा रहेका सुमन विष्ट, रोमा थापा र रचना चौधरी भने बाहिरिएका छन् । एसियन गेम्स छनोट प्रतियोगिता मलेसियामा मे २३ देखि ३१ तथा एसीसी महिला प्रिमियर कप जुन १ देखि १३ सम्म आयोजना हुनेछ । नेपाली टोलीः इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पूजा महतो (उपकप्तान), विन्दु रावल, कविता कुँवर, सम्झना खड्का, मनिषा उपाध्याय, कविता जोशी, रुवि पोदार, अनु कढायत, सीमाना केसी, सोनी पाख्रिन, रिया शर्मा ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *