नेपाल इन्स्योरेन्सको सीईओमा वीरकृष्ण महर्जन पुनः नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीर कृष्ण महर्जन पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको जेठ ८ गते शुक्रबार बसेको बैठकले उनलाई थप चार वर्षका लागि सीईओमा निरन्तरता दिने निर्णय गरेको हो । नयाँ निर्णयअनुसार महर्जनको कार्यकाल जेठ १८ गतेदेखि लागू हुने छ । हालको कार्यकाल जेठ १७ गते समाप्त हुँदैछ । कम्पनीले निरन्तरता र अनुभवलाई आधार मानेर उनलाई पुनः जिम्मेवारी दिएको जनाएको छ । बैंकिङ तथा बीमा क्षेत्रमा करिब ३० वर्षदेखि सक्रिय महर्जनलाई अनुभवी व्यवस्थापकका रूपमा लिइन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *