विपक्षी चार दलले संसद्‌मा सरकारको सशक्त विरोध गर्ने

काठमाडौँ । सरकारको गलत कार्यशैलीविरुद्ध प्रतिनिधि सभाका विपक्षी दलहरू थप सशक्त बन्ने भएका छन्। विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरूको आइतबार भएको छलफलमा जेठ १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्षमा पुगेका हुन् । आज सिंहदरबारस्थित एमाले संसदीय दलाको कार्यालयमा भएको छलफल उक्त निष्कर्ष निकालेको एमाले प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए । कांग्रेसकी बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीबिच छलफल भएको हो । छलफलमा प्रधानमन्त्री बालेन्द्र साहले संसद्लाई गरेको उपेक्षा, विपक्षीको विरोधलगायत विषयमा छलफल नेकपाका युवराज दुलालले जानकारी दिए । एमाले प्रमुख सचेतक महरले संसदीय मूल्यमान्यता विपरीत विपक्षीहरूको आवाजलाई दबाएर, पेलेर अगाडि बढ्ने सरकारको दुस्साहस, गैर लोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाका बारेमा ‘गम्भीर’ छलफल भएको बताए । संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका निम्ति विपक्षीबिचको छलफल र सहकार्यलाई आउँदा दिनमा पनि निरन्तरता दिनेबारे सहमति भएको महरको भनाइ छ । प्रधानमन्त्री साहलाई संसद्मा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने भन्दै विपक्षीले विरोध गर्दै आएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *