३५ दिनभित्र कागजात नबुझाए सलिकोको दाबी फाइल बन्द हुने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले २०८२ चैत मसान्तसम्म परेका तर हालसम्म भुक्तानी हुन नसकेका बीमा दाबी सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गर्न बीमित तथा दाबीकर्तालाई आग्रह गरेको छ। कम्पनीका अनुसार विभिन्न बीमालेख अन्तर्गत क्षति भएर बीमित वा उनका प्रतिनिधिमार्फत दाबी पेश गरिए पनि आवश्यक कागजात नपुगेका कारण केही दाबी हालसम्म फछ्र्योट हुन सकेका छैनन्।

त्यस्ता बीमितलाई कम्पनीको केन्द्रीय कार्यालय वा आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी दाबी भुक्तानीका लागि आवश्यक कागजात सम्बन्धित सर्भेयर वा कार्यालयमा बुझाउन कम्पनीले अनुरोध गरेको छ। आगामी ३५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी दाबी फछ्र्योट तथा फरफारक गर्नुपर्नेछ। तोकिएको अवधिसम्म पनि सम्पर्कमा नआएमा सम्बन्धित दाबी फाइल बन्द गरिने कम्पनीले चेतावनी समेत दिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *