राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नियन्त्रणमा लिएको छ । राहदानी (पासपोर्ट) छपाइ तथा आपूर्ति प्रक्रियामा अनियमितता प्रकरणमा अनुसन्धानका निम्ति उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ । विभाग पुगेर अख्तियारको टोलीले सम्बन्धित कागजात समेत नियन्त्रणमा लिएको छ ।

“राहदानी छपाइ तथा आपूर्ति ठेक्काको विषयमा सोधपुछका लागि नियन्त्रणमा लिइएको हो,” अख्तियार स्रोतले बाह्रखरीसित भन्यो । राहदानी विभागको ठेक्का प्रक्रियामा मिलेमतो गरी करोडौँ रुपैयाँको अनियमितता गरिएको भन्दै महानिर्देशक अर्यालविरुद्ध अख्तियारमा उजुरी परेको थियो । अख्तियारले राहदानी खरिद, छपाइ तथा आपूर्ति प्रक्रियासम्बन्धी कागजात कब्जामा लिएर विस्तृत अनुसन्धान अघि बढाएको स्रोतले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *