फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक बन्यो नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिमालय स्पोर्ट्ससँग मिलेर फिफा विश्वकप २०२६ को प्रसारणका लागि सह-प्रायोजकको रूपमा सम्झौता गरेको छ । यो सम्झौतापछि अब नेपाल लाइफले हिमालय स्पोर्ट्स टिभी र डिजिओ एपमार्फत विश्वकपको प्रसारणमा आफ्नो उपस्थिति देखाउनेछ । यस अवसरमा कम्पनीका सिइओ प्रवीणरमण पराजुलीले भने, ‘विश्वकै ठूलो खेल प्रतियोगिता फिफा विश्वकपमा हिमालय स्पोर्ट्ससँग सहकार्य गर्न पाउँदा हामीलाई गर्व लागेको छ । फुटबलले संसारभरका मानिसहरूलाई एक बनाउँछ र यस्तो ऐतिहासिक खेल महोत्सवमा जोडिन पाउनु हाम्रो लागि ठूलो कुरा हो ।’ उनले यो सहकार्यले नेपाली दर्शकमाझ विश्वकपको उत्साह अझ बढाउने र नेपाल लाइफको ब्राण्डलाई खेलप्रेमीहरूसँग अझ बलियो गरी जोड्ने दाबी पनि गरे । यो साझेदारीले गर्दा नेपाली दर्शकले विश्वकपको अनुभव अझ नजिकबाट लिन पाउनेछन् । नेपाल लाइफले आफ्नो ब्राण्डलाई देशभरका मानिसहरूसम्म पुर्‍याउन र खेलको उत्साह बढाउन यो कदम चालेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *