मेक्सिको समूह ए को विजेता , दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

काठमाडौं । विश्वकपका खेलमा लगातार तीन जित निकाल्दै मेक्सिको समूह ए को विजेता बनेको छ । तेस्रो खेलमा चेकियालाई ३-० ले पराजित गरेसँगै मेक्सिको समूहको विजेता बनेको हो । मेक्सिकोका लागि माटियो चाभेजले खेलको ५८ औँ मिनेटमा गोल गरेका थिए । यस्तै, ६१ औँ मिनेटमा जुनियो क्विनाजले गोल गरे । इन्जुरी समयमा अल्भार्डो फिडेल्गोले गोल गर्दै नतिजा ३-० को स्थितिमा ल्याए । यता, अर्को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १-० ले पराजित गर्‍यो। दोस्रो हाफमा थपेलो मोसेन्कोले गोल गर्दै टोलीलाई नकआउट चरणमा पुर्‍याएका हुन् । समूह तालिकामा चार अंक बटुल्दै उसले पहिलोपटक नकआउट चरण प्रवेश सुनिश्चित गरेको हो। यसअघिका खेलमा दक्षिण अफ्रिका मेक्सिकोसँग पराजित भएको थियो भने उसले चेकियासँगको खेल बराबरी गरेको थियो । दक्षिण कोरियासँग जित हात पारेसँगै उसले तालिकामा चार अंक बटुल्यो । दक्षिण कोरियाले एक खेलमा मात्रै जित हातपार्दा उसले तीन अंक बटुल्यो । अर्को चरणमा जानका लागि दक्षिण कोरियाले कुर्नुपर्न भएको छ । एक खेल बराबरी खेलेको चेकिया मेक्सिकोसँग पराजित भएसँगै विश्वकपबाट बाहिरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *