हिमालयन लाइफको सबै व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशत छुट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले असार २५ गतेदेखि असार ३२ गतेसम्म व्यतित बीमालेख नवीकरण गरेमा त्यसमा लाग्ने विलम्ब शुल्क (ब्याज,जरिवानामा) ५० प्रतिशत छुट दिने भएको छ। कम्पनीले हिमालयन लाइफका साथै साविक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा जारी भई ब्यतित भएका बीमालेखहरू उक्त अवधिभित्र नवीकरण गरेमा जतिसुकै अवधिको व्यतित बीमालेख भए पनि ५० प्रतिशत छुट दिने भएको हो। यस्तो छुट सुविधा बीमालेख अवधिभर एकपटक मात्रै पाइने र छुट सुविधाको प्रयोग गरी नवीकरण भएका बीमालेख दुई वर्षभित्र समर्पण भएमा छुट रकम कट्टा गरिने कम्पनीले स्पष्ट पारेको छ। यसका लागि आफूलाई पायक पर्ने कम्पनीको जुनसुकै कार्यालयमा पनि जान सकिने जनाएको छ।

















