नेपाल र भारत ‘ए’ बीच कीर्तिपुरमा टी-२० श्रृंखला हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र भारत ‘ए’ टोलीबीच तीन खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखला आयोजना गर्ने भएको छ । क्यानले जारी गरेको विज्ञप्तिअनुसार श्रृंखला कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा डिसेम्बर ९, ११ र १३, २०२६ मा हुनेछ । यो श्रृंखला आयोजना गर्ने निर्णय हालै स्कटल्यान्डमा सम्पन्न आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव देवजीत साइकियाबीच भएको बैठकबाट भएको हो । नेपाल र भारत ‘ए’ बीचको यो टी-२० श्रृंखलाले नेपाली क्रिकेटलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । साथै, दुवै टोलीका खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि यसलाई हेरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *