नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पुनः कार्की

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन् । भदौ ३ गते बसेको मन्त्रिपरिष बैठकले उदयपुरका स्थाई बासिन्दा कार्कीलाई नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत्त कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक थिए । उनी २०८० माघ ३ गते कोषको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका थिए ।

सरकारले गत बैशाखमा यसअघिका सरकारले गरेको नियुक्ति खारेज गर्दा उनी कोष प्रमुखबाट पदमुक्त भएका थिए । उनै कार्की पुनः नियुक्त भएका हुन् । राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामिण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा काम गरेको अनुभव उनीसँग छ । कार्कीले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स एमबीएफ गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट व्यववस्थापनमा स्नाकतोत्तर गरेका छन् । उनले केन्द्रीय बैकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत प्राप्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *