सरकार नै बनाउँदै छ आतङ्कको माहौल

देशको दुर्दशालाई पटक्कै नबुझेको वर्तमान सरकार जनतामा त्रास फैलाएर आफ्नो राजलाई निरन्तरता दिने असफल प्रयास गरिरहेको छ । सत्ता रोहणको मुहूर्त देखिनै उसले जनताको विश्वास जित्ने, राहतको प्रबन्ध गर्ने, देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई अक्षुण्ण राख्ने सम्बन्धमा पटक्कै ध्यान पुर्‍याएको देखिँदैन । सन्त्रास र आतङ्क द्वारा सारा दुनियाँलाई वंशमा पार्ने उसको सोचाई रहेको कुरा मन्त्रिपरिषद्को शपथ लगत्तै देखाएको हर्कतले प्रस्ट सङ्केत दिएको थियो । पूर्व प्रम केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारी पूर्व प्रमहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालको गिरफ्तारीको हल्ला, उद्योगी, व्यापारीमाथि सुनियोजित हमला, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रपञ्च, विद्यार्थी सङ्गठनहरू, ट्रेड युनियनमाथि प्रतिबद्ध र सरकारको विरुद्ध सोसल मिडिया मार्फत दिइने अभिव्यक्तिप्रतिको कठोर रबैयाँले सरकारको यात्रा कुन दिशातर्फ छ भन्ने प्रस्ट सङ्केत दिएकै हो ।

जनतालाई त्रसित गर्न तिनले अल्गो रिदमको प्रयोगले राष्ट्रपति, कर्मचारीतन्त्र, पुराना र स्थापित पार्टीलाई निशाना बनाएका थिए । वर्तमान सरकारको आतङ्क र सन्त्रासको मात्र यति घना देखिएको थियो कि नेपाल अब ग्यासच्याम्बरको त्रासलाई पनि बिर्साउने अवस्थामा पुगेको छ भन्ने अनुभूति आम मानिसले गर्न थालेका थिए । बिस्तारै सरकारको व्यवहार, सत्तारुढ दलको सांसदको अनुहार, आचरण र व्यवहार पनि सामुन्ने आउँदै गयो । मन्त्रीहरूको औकात पनि जनताले देख्दै गए । यिनले जनताका लागि के गर्छन् र जनताका विरुद्ध कतिसम्म गर्न सक्छन् । भन्ने अनुमान पनि लगाउन थालियो । पुराना दल, पुरानो संरचना र बुढा नेता कार्यकर्ता नै विकासका बाधक हुन भन्ने भ्रम खडा गरेर नयाँ र देश बनाउनेको आश देखाएर उदाएको शक्ति तासको महल झैँ क्षणभरमै ढलेको छ । अब न नयाँ भनिएको यो सरकारले जनताको मुक्ति दूत बनेर अदपमान दिन सक्छ न त देश नै बनाउन सक्छ भन्ने भ्रम बाँकी छ ।

छ त केवल अब यिनले राष्ट्र र जनतालाई कसरी वर्वाद गराउने हुन, देश रहन्छ कि रहँदैन, लोकतन्त्र नै समाप्त गर्ने त होइनन् भन्ने डरलाग्दो सन्त्रास मात्रा नयाँ भनिएका सिद्धान्तहीन जमातका पाँच महिनाका क्रियाकलापले पनि पुराना दल र बुढा नेताप्रसित भने अझ आशा जगाउने सकेको छैन । बरु जुन जोगी आए पनि कानै चिरेको भनेजस्तो भएको छ । जनताले नेपालीहरूलाई सत्ता नै फाप्दैन कि क्या हो भन्ने ठान्न थालेका छन् । अदालत नै पूर्व प्र म देउवालाई गिरफ्तार गर्ने बजार हल्ला पुनः पिटाइएको छ । अहिले मन्त्रीहरूको गैरजिम्मेवारीपन, प्रधानमन्त्रीको नियत र प्रत्येक रास्वपा नेता कार्यकर्ताको कमाउने धन्धाले देशको भविष्यलाई डरलाग्दो अन्योलतर्फ धकेल्ने प्रयत्न गरेको प्रस्ट देखिन्छ । यस्तो बेला पनि पुराना दल आफ्नो सत्ताको लालसा पूरा गर्न प्रदेश सरकार गठन विघटनको फोहोरी खेलमा रमाउन थालेका छन् । यो नै देश र जनताका लागि सबभन्दा ठूलो दुर्भाग्य बन्न पुगेको छ । सरकार सत्तारुढ दलद्वारा फैलाइएको सन्त्रासलाई चिर्न दत्तचित्त बन्नुपर्ने दलहरू केमा अल्झिँदै छन्, यसको परिणाम के हुन्छ विचार पुर्‍याउन आवश्यक छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *