सिटिजन्स बैंकको मधेश केन्द्रित ‘छठ सम्बन्ध २०८३’ विशेष कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मधेश प्रदेशस्थित आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा सहकर्मीहरूमाझ मधेश केन्द्रित विशेष कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बुधबार एक विज्ञप्ति जारी गर्दै छठ सम्बन्ध २०८३ कल्चर, लिडरसिप एण्ड सिटिजन्स कनेक्ट, सेलिब्रेटिङ आवर कल्चर, कनेक्टिङ आवर पिपुल, इनर्जाइजिङ सिटिजन्स शीर्षकको सेमिनार आयोजना गरिएको जानकारी दिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख र शाखा प्रबन्धकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा समृद्ध संस्कृति र परम्पराको महत्त्वबारे चर्चा गर्दै त्यसको प्रवर्द्धन, नेतृत्व विकास तथा आपसी सम्बन्धलाई अझ सुदृढ, आत्मीय र प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएको बैंकले जनाएको छ । हाल मधेश प्रदेशका ८ वटै जिल्लामा सिटिजन्स बैंकका २९ वटा शाखा कार्यालयहरू सञ्चालनमा रहेका छन् ।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४ र २०२५’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले पछिल्लो समय डिजिटल बैंकिङमा विभिन्न नवीनतम सेवाहरू विस्तार गर्दै आएको छ । बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याइसकेको छ । त्यसैगरी, बैंकले हालसालै नवयुवालाई लक्षित गरी ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरहरूका लागि विशेष ‘फ्रिलान्सर सेविङ्गज अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सी।आर।एन। नम्बर सेवा लिन सकिने सुविधाका साथै अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने क्रस बैंक टेलर सुविधा पनि बैंकले उपलब्ध गराउँदै आएको छ । बैंकका प्रवक्ता नारायण राज अधिकारीका अनुसार सिटिजन्स बैंकले हाल देशैभर ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६७ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ एकाइहरूमार्फत २० लाख ८५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


















