सिटिजन्स बैंकको लुम्बिनी केन्द्रित रणनीतिक कर्जा विस्तार तथा असुली कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा(प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘सिटिजन्स बिल्डिङ स्केल एण्ड भ्यालुः लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुली (आर्थिक वर्ष २०८३।८४)’ विषयक कार्यक्रम सम्पन्न गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रममा गत आर्थिक वर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताहरूमा छलफल गरिएको थियो । साथै, केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएको बैंकले जनाएको छ । हाल लुम्बिनी प्रदेशको ९ जिल्लामा सिटिजन्स बैंकको ५१ शाखा कार्यालयहरू संञ्चालनमा रहेका छन् । विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईअर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको सिटिजन्स बैंकले पछिल्लो समय विभिन्न नवीनतम डिजिटल सेवाहरू समेत सञ्चालनमा ल्याएको छ ।

बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ भने नवयुवा लक्षित “सिटिजन्स जेन(जी सेभिङ्ग अकाउन्ट”, “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेभिङ्ग अकाउन्ट” सुरु गरेको छ । यसैगरी, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुविधा लगायत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने क्रस बैंक टेलर सुविधा समेत बैंकले उपलब्ध गराउँदै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरूबाट २० लाख ८५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको प्रवक्तारसुचना अधिकारी नारायण राज अधिकारीले जानकारी दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *