सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा छुट
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट हुने भएको छ । सिटिजन्स बैंकले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थासँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार सिटिजन्स बैंकका ग्राहकले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् । बैंकका ग्राहकले नक्सालको आबुरी रेस्टुरेन्टका सेवाहरुमा अधिकतम १० प्रतिशत छुट पाउने छन् । यसैगरी वी कयेर हेल्थ सेन्टरका सेवाहरुमा अधिकतम १५ प्रतिशत सम्म छुट पाउने छन् ।
यसैगरी भद्रकालीमा अवस्थित फन ल्यान्ड इन्टरटेनमेन्टको प्रवेश शुल्कमा ४० प्रतिशत छुट पाउने भएका छन् । त्यस्तै, धरान उपमहानगरपालिकामा अवस्थित टस्क माउन्टेन बाइक स्टोरबाट बाइ–साइकल खरिद गर्दा खरिद मुल्यमा अधिकतम ८ प्रतिशत सम्म छुट पाउने छन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
















